ललितपुर महानगरद्वारा चौथो महिला उद्यमी सम्मेलन २०८२ आयोजना

असार ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
ललितपुर महानगरद्वारा चौथो महिला उद्यमी सम्मेलन २०८२ आयोजना

ललितपुर । ललितपुर महानगरपालिकाले चौथो महिला उद्यमी सम्मेलन २०८२ आयोजना गरेको छ ।

ललितपुर महानगरभित्र उद्यम गरिरहेका महिला उद्यमीलाई प्रोत्साहन गर्न र उत्पादनलाई बजारीकरण तथा प्रवर्धनमा सघाउन सम्मेलन आयोजना गरिएको हो । यसका लागि उद्यमी अनुकूल नीति बनाउने तयारी भइरहेको ललितपुर महानगरपालिकाले जनाएको छ ।

सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा उत्पादित वस्तुहरूले अझै पनि बजार नपाएको बताउनुभयो । ब्रान्डिङ्ग अभावमा नेपालमै बजार नपाइरहेको अवस्थामा विश्व बजारमा पुग्न मुस्किल देखिएको उहाँको भनाइ छ ।

ललितपुर महानगरपालिकामा मात्रै झन्डै ३ हजारभन्दा बढी महिला उद्यमी रहेको ललितपुर महानगरपालिकाले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


OSZAR »