सरोकार : सगरमाथा संवादबारे बहस

वैशाख ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरोकार : सगरमाथा संवादबारे बहस

काठमाडौं । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रम जलवायु परिवर्तनले हिमालय पर्वत क्षेत्रलगायत विश्वका अन्य पर्वतीय वातावरणमा पारेको असरमा केन्द्रित हुने भएको छ । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम सरोकारमा सगरमाथा संवाद आयोजक समितिका सदस्य सचिव महेश्वर ढकालले प्रकृतिको संरक्षण गरेर विश्व समुदायको सेवा गर्ने नेपाल जस्ता मुलुकले जलवायु न्याय र वित्तको खोजी हुने बताउनुभयो । 

भुटानका पूर्वमन्त्री एवम् इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले सगरमाथा संवादमार्फत नेपालले ग्रीन इनर्जी र प्रविधिमा सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई प्रस्ताव गर्न सुझाव दिनुभयो । पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले क्लाइमेट चेन्ज अब क्लाइमेट इमर्जेन्सी बनेको बताउनुभयो ।

हेर्नुहोस् कार्यक्रम सरोकार :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


OSZAR »