सफल मन्त्री हुन सकिनँ : सञ्चारमन्त्री गुरुङ

जेष्ठ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
सफल मन्त्री हुन सकिनँ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू सफल मन्त्री हुन नसकेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क २ को कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले मुख्यमन्त्री हुँदा अलि हल्ला गरेको तर अहिले मन्त्री बन्दा हल्ला गर्न नसकेको बताउनुभयो । आफूले सोझो हुँदा पनि नतिजा आउन नसकेको आफ्नो ठम्याइ रहेको उल्लेख गर्नुभयो । मन्त्री गुरुङले भन्नुभयो, “म मुख्यमन्त्री हुँदा अलि हल्ला गरेको हो । अहिले हल्ला गर्न सकेको छैन । त्यत्ति फरक छ । अहिले म सफल मन्त्री हुन सकेको छैन । त्यो पनि यहाँहरूलाई भन्न चाहन्छु ।”

मन्त्री गुरुङले सफल मन्त्री हुन नसक्दा अहिल केही आक्रोश रहेको पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


OSZAR »