चोरमारास्थित गिरूबारी खोलाको डाइभर्सन बाढीले बगाएपछि यातायात अवरूद्ध

डाइभर्सन बगाएपछि रातीदेखि नै सवारीको लामो जाम
जेष्ठ १६, २०८२ |नवीन पौडेल
चोरमारास्थित गिरूबारी खोलाको डाइभर्सन बाढीले बगाएपछि यातायात अवरूद्ध

नवलपरासी । पुर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी नवलपरासीको चोरमारास्थित गिरूबारी खोलाको डाइभर्सन बगाएपछि यातायात अवरूद्ध भएको छ । गएराती परेको पानीले खोलामा बाढी आएपछि डाइभर्सन बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख जनक बन्जराले बताउनुभयो ।

डाइभर्सन बगाएपछि रातीदेखि नै सवारीको लामो जाम लागेको छ । वैशाख ३० गते ओभरलोड सवारीको कारण पुलमा क्षति पुगेको थियो ।

खोलामा पानीको सतह घटेपछि मात्र डाइभर्सन निर्माणको काम हुनेछ । यसै गरेर पश्चिम नवलपरासीको दाउन्नेमा पनि बाटो चिओलो हुँदा सवारी आवागमनमा समस्या आएको छ ।

ठुला र मालबाहक सवारी उकालो उक्लन नसक्दा यात्रु बाहक सवारी र साना सवारी पनि जाममा पर्नुपरेको छ । अहिले ठुला सवारीलाई दुम्किबास र बर्दघाटमा रोकिएको छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।


OSZAR »