झापा । झापाकाे अर्जुनधारा नगरपालिका-११ स्थित नमुना सामुदायिक वन भित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालककाे मृत्यु भएकाे छ ।
आज बिहान ८ बजे नमुना सामुदायिक वन भित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा पौडी खेल्ने क्रममा तेह्रथुम जिल्ला जिरीखिम्ती बस्ने पुर्ण बहादुर राईको घरमा पाहुना आएको धनमाया गुरूङको छोरा वर्ष १२ को महसुस गुरूङ र मुना गुरूङको छोरा वर्ष १० को सुजल गुरूङकाे मृत्यु भएकाे हाे ।
पोखरीमा डुबी रहेको अवस्थामा स्थानियहरूले उनीहरुलाई तत्काल उद्धार गरी उपचारको लागि बिर्तामोडमा रहेकाे बी एन्ड सी अस्पताल लगेकाे थियाे । अस्पतालका चिकित्सकले दुबै जना मृत घोषणा गरेको थियाे । लास तत्काल सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।