सांसद लेखनाथ दाहालको प्रश्न-भारत र पाकिस्तानबीचको उत्पन्न विवादबारे सरकारको धारणा के हो?

वैशाख २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सांसद लेखनाथ दाहालको प्रश्न-भारत र पाकिस्तानबीचको उत्पन्न विवादबारे सरकारको धारणा के हो?

काठमाडौं । नेकपा मोओवादी केन्द्रका नेता तथा सांसद लेखनाथ दाहालले भारत र पाकिस्तान बीचको उत्पन्न विवाद बारे सरकारको आधिकारिक धारणा के हो? भन्दै प्रश्न गर्नुभएको छ । आज संसद्मा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभयो ।

संसद्मा बोल्दै उहाँले भन्नुभयो,‘पछिल्लो समय भारत र पाकिस्तानबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा के हो ? माग गर्दछु’

पछिल्लो समय जम्मू कश्मिरमा भारत र पाकिस्तानबीच द्वन्द्व उत्पन्न भएको छ ।

२२ अप्रिलमा जम्मू कश्मिरस्थित पहलगाममा भएको आतंकी हमलामा एक नेपाली सहित २६ जना मारिएका थिए । उक्त घटना पश्चात भारतले पाकिस्तानविरुद्ध कारबाही सुरु गरिसकेको छ । यसले विश्वको ध्यान समेत केन्द्रित गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


OSZAR »