पार्टी पदाधिकारीलाई शेखर कोइरालाको प्रश्नः महाधिवेशन किन समयमै नहुने ?

जेष्ठ २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
पार्टी पदाधिकारीलाई शेखर कोइरालाको प्रश्नः महाधिवेशन किन समयमै नहुने ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले चार वर्षको समय सीमाभित्रै पार्टीको महाधिवेशन गर्न नसकेकोबारे पार्टी पदाधिकारीसँग जवाफ माग गर्नुभएको छ ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मंसिरमा पार्टी महाधिवेशन गर्नबाट पछि हटेको आरोप लगाउँदै यसबारे पार्टी पदाधिकारीको जवाफ माग गर्नुभएको हो । 

उहाँले कांग्रेसको विधानमा ४ वर्षमा गर्नुपर्ने प्रावधान रहेको बताउनु भयो । यसपटक के ले महाधिवेशन रोक्यो ? भन्दै प्रश्न उहाँले गर्नुभयो । महाधिवेशन रोक्नुपर्ने कारण के हो ? भनेर कार्यकर्ताहरूले प्रश्न गर्न सक्नुपर्ने उहाँकाे भनाइ छ ।

सांसद कोइरालाले नेपाली कांग्रेस कमजोर नरहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


OSZAR »