राजीनामा दिन मुख्यमन्त्रीले दिएको निर्देशन वनमन्त्रीद्वारा अस्वीकार

असार ५, २०८२ |टेकराज जोशी
राजीनामा दिन मुख्यमन्त्रीले दिएको निर्देशन वनमन्त्रीद्वारा अस्वीकार

कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले पदबाट राजीनामा दिई मार्गप्रशस्त गरिदिन मुख्यमन्त्री कमलबहादुर शाहले दिएको निर्देशन अस्वीकार गर्नुभएको छ । नियुक्त भएको एक महीनामै राजीनामा दिन निर्देशन दिइएकामा मन्त्री चौधरीले आफूले कुनै गल्ती नगरेको भन्दै राजीनामा नदिने अडान लिनुभएको हो ।

चौधरी कृषिमन्त्री रहेका बेला पावर टिलर अनुदान वितरणसम्बन्धी विवादमा मुछिएको भन्दै मुख्यमन्त्री शाहले राजीनामा माग्नुभएको स्रोतको भनाइ छ । तर कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा मन्त्री चौधरीले भने आफूले त्यस्तो कुनै अनियमितता नगरेको दाबी गर्नुभयो ।

खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा खेम जोशीलाई नियुक्त गरेपछि ‘आफूलाई मनपर्ने मान्छे नपरेको’ भनेर हटाउन खोजिएको मन्त्री चौधरीको दाबी छ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।


OSZAR »