लिभरपुलका फरवार्ड सलाह तेस्रो पटक फुटबल राइटर्स एसोसिएसनकाे उत्कृष्ट खेलाडी घोषित

महिलातर्फको अवार्ड आर्सनलकी स्ट्राइकर अलेसिया रूसोलाई
वैशाख २७, २०८२ |खेल ब्युरो
लिभरपुलका फरवार्ड सलाह तेस्रो पटक फुटबल राइटर्स एसोसिएसनकाे उत्कृष्ट खेलाडी घोषित

काठमाडौं । लिभरपुलका फरवार्ड मोहम्मद सलाह तेस्रो पटक फुटबल राइटर्स एसोसिएसन एफडब्ल्युएको वर्षकै उत्कृष्ट पुरूष खेलाडी घोषित भएका छन। त्यसैगरी महिलातर्फको अवार्ड आर्सनलकी स्ट्राइकर अलेसिया रूसोले जितेकी छन। यी दुई खेलाडी सर्वाधिक भोट पाएर विजेता बनेका हुन्।

सलाह यो अवार्ड तीन पटक जित्ने इतिहासमा दोस्रो खेलाडी बनेका छन। यसअघि आर्सनलका पूर्वस्ट्राइकर थियरी हेनरीले यस्तो उपलब्धि हासिल गरेका थिए। जारी सिजनमा इजिप्टियन स्ट्राइकर सलाहले २८ गोल गर्दै प्रिमियर लिगको गोल तालिकामा अग्रस्थानमा छन। 

सन् २०१७ मा क्लबमा आएयता उनले लिभरपुललाई दोस्रो पटक लिग उपाधि दिलाउन मद्दत गरे । एफडब्ल्युएका ९ सयभन्दा बढी सदस्यले मतदान गरेकोमा सलाहले ९० प्रतिशत मत प्राप्त गरेका छन ।

जुन सन् २००० यता सबैभन्दा ठूलो बहुमत हो। लिभरपुलका अर्का खेलाडी भर्जिल भ्यान डाइक दोस्रो स्थानमा रहे। महिला फुटबलतर्फ इंग्लिस स्ट्राइकर रूसोले महिला च्याम्पियन्स लिगमा आठ गोल गर्दै आर्सनललाई फाइनलमा पुर्‍याएकी छन। 

उनले म्यानचेस्टर सिटीकी खेलाडी तथा गत वर्षकी विजेता खदिजा शललाई पछि पारिन्। मतगणनामा आर्सनलकी मारियोना काल्डेन्टी तेस्रो र चेल्सीकी कप्तान मिली ब्राइट चौथो स्थानमा परिन्। सलाह र रूसोलाई यही मे २२ तारिख लन्डनमा आयोजना हुने समारोहमा सम्मान प्रदान गरिनेछ।



OSZAR »