काठमाडौं । डिफेन्डिङ च्याम्पियन कार्लोस अल्काराज फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन । चुनौतीपूर्ण प्रतिद्वन्द्वी फाबियन मारोजसानलाई चार सेटमा पराजित गर्दै अल्काराज प्री क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।
यससँगै स्पेनीस स्टार अल्काराजले दुई वर्षअघि रोममा बेहोरेको हारको बदला लिएका छन । वरियताविहिन हंगेरीयन खेलाडी मारोजसानविरूद्ध अल्काराजले ६-१, ४-६, ६-१ र ६-२ को नतिजा हात पारेका हुन् ।
दोस्रो सेटमा केही कमजोर देखिएपनि २२ वर्षीय अल्काराज अन्ततः आफ्नो पाँचौं ग्रान्डस्लाम उपाधिको यात्रामा अघि बढ्न सफल भए ।
यस्तै सातौं वरीयता प्राप्त तथा दुई पटकका फ्रेन्च ओपन फाइनलिस्ट कास्पर रूड पोर्चुगलका नुनो बोर-जेससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन । बोर-जेसको यो जित उनको करियरकै अहिलेसम्मको सबैभन्दा ठूलो सफलता मानिएको छ ।
रुडले तेस्रो सेटपछि मेडिकल टाइम आउट लिएका थिए, तर उपचारपश्चात पनि उनले सुधारिएको प्रदर्शन गर्न सकेनन् । उनी २ घण्टा १७ मिनेट कोर्टमा टिकेपनि जित हात पार्न असफल रहे ।