आरसीबीको विजय उत्सवमा भागदौड हुँदा १० जनाको मृत्यु

जेष्ठ २१, २०८२ |खेल ब्युरो
आरसीबीको विजय उत्सवमा भागदौड हुँदा १० जनाको मृत्यु

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधि जितेपछि भएको रोयल च्यालेन्जर्स बैंगलुरूको विजय परेडमा भागदौड हुँदा १० जनाको मृत्यु भएको छ । बुधबार चिन्नास्वामी स्टेडियम बाहिर अत्यधिक भीडका कारण भागदौड भएको भारतीय समाचार संस्था आईएएनएसले जनाएको छ । 

घटनामा आरसीबीका ५० भन्दा बढी समर्थक घाइते भएका छन् । घाइतेहरूलाई तत्काल नजिकैका अस्पतालहरूमा पुर्‍याइएको थियो । 

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । विजय परेड हेर्न र समर्थन जनाउन ५० हजारभन्दा बढी समर्थकहरू चिन्नास्वामी स्टेडियम परिसरमा जम्मा भएका थिए ।



OSZAR »