दुर्घटनाग्रस्त एयर इन्डियाकाे 'ब्ल्याक बक्स' फेला

जेष्ठ ३१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
दुर्घटनाग्रस्त एयर इन्डियाकाे 'ब्ल्याक बक्स' फेला

काठमाडौं । भारतकाे गुजरात राज्यकाे अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनास्थलमा एउटा ब्ल्याक बक्स फेला परेको छ।

भारतको विमान दुर्घटना जाँच ब्यूरो (एएआईबी) ले २८ घण्टाभित्रै फ्लाइट डाटा रेकर्डर फेला पारेको हो। ब्ल्याक बक्स फेला पर्नु अनुसन्धानमा एउटा महत्त्वपूर्ण कदम भएको र यसले दुर्घटनाको अनुसन्धानमा 'महत्त्वपूर्ण रूपमा सहयोग पुर्याउनेछ' भनिएको छ।

बिहीबार उडान भरेको ६० सेकेन्डभित्रै आवासीय क्षेत्रमा खसेको लन्डन जाने उडानमा रहेका २४२ जनामध्ये एक जनाबाहेक सबैको मृत्यु भएको थियो। जमिनमा रहेका कम्तीमा आठ जनाको पनि मृत्यु भएको छ। 

एएआईबीले अमेरिका र बेलायतका टोलीहरूको सहयोगमा दुर्घटनाको कारणबारे अनुसन्धानको नेतृत्व गरिरहेको छ। बोइङका प्रमुख कार्यकारी केली ओर्टबर्गले कम्पनीले अनुसन्धानमा सहयोग गरिरहेको बताएका छन्।

एयर इन्डियाले अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १३:३९ बजे उडान भरेको केही क्षणमै दुर्घटनाग्रस्त भएको बोइङ ७८७ ड्रीमलाइनर विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडाली नागरिक रहेको बताएको छ।



OSZAR »