फेसबुक, युट्युब चलाउँदैमा र क्यामेरा बोकेर हिँड्दैमा पत्रकार भइँदैन : अध्यक्ष बस्नेत

वैशाख ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
फेसबुक, युट्युब चलाउँदैमा र क्यामेरा बोकेर हिँड्दैमा पत्रकार भइँदैन : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा अहिले पत्रकार को हो ? भन्ने प्रश्न उठेको बताउनुभएको छ । बुधबार प्रेस काउन्सिल नेपालले आयोजना गरेको आमसञ्चार माध्यममा दलितका सरोकार विषय कार्यक्रममा बोल्दै उहाँले फेसबुक, व्यक्तिगत युट्युब च्यानल चलाउनेहरूले पनि आफूलाई पत्रकार भन्ने गरेको बताउनुभयो । 

उहाँले क्यामेरा बोकेर हिँड्दैमा पत्रकार नभइने बताउनुभयो । उहाँले पत्रकारले आफ्नो भूमिकाबाट पत्रकारको परिचय दिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारले नमुनाको पत्रकारिता गरेको खण्डमा अरूले पनि त्यो सिक्ने जिकिर गर्नुभयो । उहाँले पत्रकारिता पेशा आफैंमा दुःखदायी रहेको बताउँदै दुःखभित्र सुख खोज्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले को पत्रकार भन्ने एउटा समस्या छ, समाजमा प्रश्न उठेको छ । त्यसको हल गर्नको लागि कम्तीमा हामीले पत्रकार चाहिँ यस्तो हुन्छ है भनेर पत्रकारले आफ्नो भूमिकाबाट, यहाँ फेसबुक चलाउने पनि पत्रकार, व्यक्तिगत युट्युब चलाउने पनि पत्रकार, एउटा क्यामेरा बोक्दैमा पत्रकार हुने कि, मैले वर्षौंदेखिका अनुहार देखिरहेको छु जसलाई पत्रकारिताको विषयमा अनुभव छ, अध्ययन तथा अनुसन्धान गर्नुभएको छ ।”

उहाँले पत्रकारिताको अवस्था चिन्ताजनक रहेको बताउँदै सोचे जस्तो पत्रकारिता हुन नसकेको जिकिर गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


OSZAR »