सुनवलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

जेष्ठ ५, २०८२ |नवीन पौडेल
सुनवलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

परासी । पश्चिम नवलपरासीको सुनवलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

परासी-सुनवल सडक खन्ड अन्तर्गत सुनवल नगरपालिका-९, स्वाठीमा लु२६प २५०० नम्बरको मोटरलाइकललाई गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका-१ का २२ वर्षीय जीवन यादवको मृत्यु भएको हो । 

घाइते यादवको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने सवारी फरार छ । प्रत्यक्षदर्शीले सानो कारले ठक्कर दिएको भने पनि नम्बर पत्ता लाग्न सकेको छैन । ठक्कर दिने सवारीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।


OSZAR »